काठमाडौंबाट ५० केजी हेरोइन बरामद, १० भन्दा बढी बिदेशी पक्राउ


काठमाडौंबाट ५० केजी हेरोइन बरामद, १० भन्दा बढी बिदेशी पक्राउ

काठमाडौं- नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पछिल्ला चार दिनमा ५० केजी हेरोइन बरामद गरेको छ । सो क्रममा विदेशी नागरिकसहित १० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार विभिन्न देशहरूबाट सो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको थियो । हेरोइन नेपाल ल्याएर भारत हुँदै तेस्रो मुलुकसम्म पुग्ने प्रहरी अनुसन्धानले देखाएको छ ।

ब्युरोले पत्रकार सम्मेलन गरेर घटनाबारे आधिकारिक जानकारी दिने तयारी गरिरहेको छ ।