रवि लामिछाने काठमाडौं ३ बाट चुनाव लड्ने सम्भावना, छोडे टेलिभिजन


रवि लामिछाने काठमाडौं ३ बाट चुनाव लड्ने सम्भावना, छोडे टेलिभिजन

काठमाडौँ- पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन्। स्रोतका अनुसार लामिछानेले काठमाडौँ क्षेत्र न ३ बाट चुनाब लड्ने सम्भावना रहेको छ । 

बिगत लामो समय देखि पत्रकारितामा लागेका उनले पछिल्लो  समयमा ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सिधा कुरा’ कार्यक्रमका सञ्चालन गर्दै आएका थिए । 

ग्यालेक्सी फोर के टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ । 

लामिछानेका ससुरा उद्दव पौडेल केही दिन अघि मात्र कमल थापाको पार्टीबाट राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका थिए। पारिवारिक सम्बन्धका कारण उनी राप्रपाबाट चुनाव लड्ने अड्कलबाजी चलिरहेको छ।