पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात सहित तेत्तिस लाख पचाँस हजार ठगी गर्ने व्यक्ती पक्राउ


पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात सहित तेत्तिस लाख पचाँस हजार ठगी गर्ने व्यक्ती पक्राउ

काठमाडौँ- पोर्चुगलमा संस्थाको सेमिनारको लागि पठाउने भन्दै काठमाडौँबाट एक जना पक्राउ परेका छन् ।

टोखा न.पा. वडा नं. ६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठले आठ जनाबाट जम्मा रु ३३,५०,०००।– (अक्षरुपी तेत्तिस लाख पचाँस हजार मात्र) रकम लिई ठगी गरेको आधारमा काठमाण्डौ का.म.न.पा. वडा नं. ४ बालुवाटारबाट पक्राउ गरिएको हो । 

बालुवाटारमा अबस्थित संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेको र आफु उक्त संस्थाको केन्द्रिय अध्यक्ष रहेको बताउदै पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले पोर्चुगल पठाई काम लगाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी भिषा प्रोसेसिङ्ग एवं हवाई टिकट गर्न पैसा संकलन गरेको देखिन्छ ।  

उक्त हवाई टिकट तथा भिषाहरु नक्कली भएको हुँदा ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई  पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाईएको हो।