राजालाई अभिभावकको रुपमा हेर्न खोजे छु, कम्युनिष्ट थिए तर अब राजा चाहिन्छ: खुश्बु ओली


राजालाई अभिभावकको रुपमा हेर्न खोजे छु, कम्युनिष्ट थिए तर अब राजा चाहिन्छ: खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी मोडल खुश्बु ओलीले एउटा अभिभावकको रुपमा राजालाई हेर्न खोजेको बताएकी छिन । यस अघि उहाँ  नेकपा एमालेमा थिइन् ।

नेताहरुले राष्ट्रको विकास नगरेको र आफु राजनीतिमा कुनै लोभ प्रलोभनमा परेर पैसा कमाउन भन्दा राष्ट्रको सेवा गर्न आएको उनले बताएकी छिन् । अबको राजनीतिमा युवा आउनु पर्ने अवस्था भएको र युवाहरु आए देशको परिर्वतन हुने बताएकी छिन् ।

आफु पार्टीको एजेण्डा हेरेर पार्टीमा बस्ने राष्ट्र बनाउने अभियानमा नेपाल कम्युनिष्टसँग जोडिएको अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा आएको राप्रपाले बोकेको एजेण्डा भ्रष्टचार गर्नु आमाको रगत खानु बराबर हो भन्ने नारा भएकोले आफु राप्रपा प्रवेश गरेको बताईन ।

हरेक पार्टीमा राम्रो मान्छे हुने पार्टी कहिले गलत नहुने नेतृत्व गलत हुने, अब परिर्वनत गर्न राष्ट्र बचाउनको लागि युवाहरु जाग्नु पर्ने बताएकी छिन ।

पार्टीले निर्णय ग¥यो भने संघको चुनावमा झापाको–४ बाट लड्ने तर अहिले घोषणा नगर्ने आफनो क्षेत्रमा केही वर्ष देखि सक्रिय भएको राजनीति नै नगरे पनि सामाजीक अभियानमा महिलाहरुलाई रोजगार र किसानहरुलाई सिचाइको व्यवस्था गरेको उनले बताईन ।

आफुमा प्रधानमन्त्री बन्ने क्षमता भएको र त्यसको लागि निरन्तर मेहेतन गर्दै जाने भविष्यमा काम यात्रा सफल भयो भने त्यो दिन आउन सक्दैन भनेर भन्न नमिल्ने र प्रधानमन्त्री नबन्ने असल नेतृत्व गर्न सक्ने असल नेता बन्ने त्यो क्रममा भविष्यमा जे पनि हुन सक्ने बताउकी छिन ।

अबको आउने दिनमा युवाहरु राजनीतिमा आउदै गर्दा आफुहरुले मुख्य ‘फोकस’ युवाहरु बाहिर जान कम गर्न सक्नुपर्ने, रोजगारको लागि विदेश जानै नपर्ने अवस्था सिर्जना गर्न सकिने बताएकी छिन् ।

आफनो पार्टी प्रजातन्त्र लोकतन्त्र विरुद्ध नभएको अहिले व्यवस्थापनमा भएको नेताहरुले गरेको व्यवस्था नै नमिलेको जनताको हातमा प्रधमनमन्त्री चुन्न पाउने अधिकार भयो भने त्यसले ठुलो परिर्वतन ल्याउने र आफुहरु त्यसको पक्षमा भएको बताएकी छिन ।

आफुहरु कुनै पनि व्यवस्थाको विरुद्धमा नभएको संवैधानिक राजा हुनुपर्छ भन्ने व्यवस्थामा भएको एउटा अभिभावकको रुपमा राजालाई हेर्न खोजेको देशको इतिहास राज परिवारले बोकेको राष्ट्र निर्माणमा ठुलो योगदान पनि रहेको अहिले कुनै पनि पार्टीको झोला नबोकि कुनै पनि पदमा जान नसक्ने हरेक आयोगमा नियुक्ति हुनको लागि पार्टीमा आवद्ध भएको हुनुपर्ने र एउटा राजा फालेर यहाँ हजारौ राजा जन्मेको सयौं मुसाले भन्दा एउटा सिंहले शासन गरेको ठिक हुने उनले बताईन ।

राजेन्द्र लिङदेनले कहिले पनि कसैलाई गालि गलोज नगर्ने, जनताको मुद्धाबारे बोल्ने कहिले पनि अरु पार्टीको बारेमा गालि नगरेको यो सालिनता राजनीति नेपालले पायो भने नेपालले एक चोटी फड्को मार्न बताएकी छिन ।

अहिले नयाँ ढंग, नयाँ नेतृत्वमा नयाँ जोस जागरमा नयाँ एजेण्डाको साथ एउटा नयाँ व्यक्ति आएकोमा समर्थन गर्नुपर्ने नेपाली जनताले परिर्वतनको नारा दिनु पर्ने स्वतन्त्र व्यक्ति आउनु राम्रो भएको देशको विकल्प बनेर राष्ट्रिय प्रजातन्त्र पार्टी उदाएको मान्छेको मनमा राष्ट्रिय प्रजातन्त्र पार्टी बसेको यो संघको चुनावमा राप्रपाको विकल्प आउने उनले बताएकी छिन ।

सरकारले राम्रो रणनिती बनाउन नसकेको रणनीति बनाए पनि व्यवस्थापनमा लागु गर्न नसकेकोले मुलुक बनाउन नसकेको जनतामा चेतनाको कमि भएको जनता विवेकशिल हुन जरुरी भएको अब राजनीति व्यवस्था र राजनीति पार्टी नै परिर्वतन गर्नु पर्ने अवस्था आएको बताएकी छिन ।