सार्वजनिक शौचालय रेस्टुरेन्टमा लागु हुने करछुट बैँकलाई लागु हुँदैन : मेयर बालेन साह


सार्वजनिक शौचालय रेस्टुरेन्टमा लागु हुने करछुट बैँकलाई लागु हुँदैन : मेयर बालेन साह

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शौचालय सार्वजनिक प्रयोजनमा दिने रेस्टुरेन्टलाई कर छुट हुने तर बैंकलाई करछुट नहुने बताएका छन् । 

“हामीले कुनै पनि संस्थाहरूलाई कर लगाएका होइनौँ । रेस्टुरेन्ट र बैँकहरूले हामी सेवा दिन चाहन्छाैँ भनेर सम्झौता गर्न आउनुभएको हो । बैँकले सम्झौता गरेका शौचालयहरू कार्यालय समयमा खुल्नेछन् । 

रेस्टुरेन्टभन्दा बैंकको कर धेरै हुन्छ,” मेयर बालेनले भने, “सरसफाई सामग्री हरेक चार–चार महिनामा दिने भन्नेछ । रेस्टुरेन्ट बिहानैदेखि सुरु हुन्छ । महानगरले बनाएका स्मार्ट शौचालयलाई निरन्तरता हुनेछ ।” महानगरले स्मार्ट शौचालयअन्तर्गत १० वटा शौचालयको लागि टेन्डर आह्वान गर्ने जनाएको छ ।