बिजुली पोलमा झुन्डिएका एक पुरूषलाई तल झर्न फकाउँदै प्रहरी


बिजुली पोलमा झुन्डिएका एक पुरूषलाई तल झर्न फकाउँदै प्रहरी

काठमाडौँ- नुवाकोटमा एक जना पुरूष बिजुलीको पोलमा झुन्डिएका छन्। ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्।    

प्रहरीका अनुसार विकको मानसिक सन्तुलन गुमेको देखिन्छ। ‘केही घण्टा भयो, उहाँ पोलमा चढ्नुभएको। प्रहरीले उहाँलाई झर्नको लागि फकाइरहनु भएको छ,’ ।

स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरिएको थियो।