गजल


गजल

धेरै टाढा सम्म हेरिराथे सास थिएन त्यहाँ।।
फर्कि आउने कसै सँग पनि आस थिएन त्यहाँ ।।

कयौ/सयौं पुस्ता यसैगरि लाेप हुँदा पन
हामी पनि मरिन्छ है  भन्ने ! त्रास थिएन त्यहाँ ।।

बर्षाै देखि हेरिराछु मलामी र मुर्दा
कयौ मुर्दाको साथमा पनि धनकाे रास थिएन त्यहाँ।।
तैपनि किन मरिहत्ते गर्छाै हामी मान्छेहरू 
मुर्दा सँगै जाने त्यहाँ, केही खास थिएन त्यहाँ ।।

मरे पछि `राम र रावण´ लाई पनि घाटैमा लगेका हुन्
भगवान र राक्षस  को पनि, घरमा बास थिएन त्यहाँ ।।


एकल यात्री (बद्री प्रयास)