पोखरा महानगरले पनि सार्वजनिक शौचालयका लागि होटल तथा बैंकसंग सम्झौता गर्ने


पोखरा महानगरले पनि सार्वजनिक शौचालयका लागि होटल तथा बैंकसंग सम्झौता गर्ने

पोखरा- काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न उपत्यकाभित्रका होटल तथा रेस्टुरेन्टसंग सम्झौता गर्ने निर्णय गरेपछि सर्बसाधारणहरुले खुशी ब्यक्त गरे ।

काठमाडौं महानगरजस्तै पोखरा महानगरले पनि महानगर क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट, बैंक, तथा विभिन्न संघसंस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न २ पक्षीय सम्झौता गर्ने भएको छ ।

बिहीबार बसेको पहिलो कार्यपालिका बैठकले एक वर्षभित्र पोखराका विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने र त्यससम्मका लागि संघसंस्था तथा होटलको शौचालय प्रयोग गर्ने गरी सम्झौता हुने निर्णय भएको प्रमुख प्रशाकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए ।

हाल उक्त योजना उपत्यकामात्रै सीमित नभएर देशका विभिन्न ठूला सहरका होटल तथा रेस्टुरेन्टले पनि लागु गर्न थालेका छन् ।