‘कानुनी अनुसन्धान समाज-नेपाल’ ले बिधालयतहमा निर्वाचनबारे सचेतना कार्यक्रम संचालन


‘कानुनी अनुसन्धान समाज-नेपाल’ ले बिधालयतहमा निर्वाचनबारे सचेतना कार्यक्रम संचालन

काठमाडौँ- स्थानीय तहको निर्वाचन देशभर सम्पन्न भएको छ । भर्खरै सम्पन्न उक्त निर्वाचनमा भएका विभिन्न नकारात्मक गलत गतिविधिबारे कानुन संकायमा स्नातक अध्ययन गरिरहेका विद्यार्थीले सचेत कार्यक्रम संचालन गरेका छन् ।

‘कानुनी अनुसन्धान समाज-नेपाल’ नामक गैह्र सरकारी संस्था(NGO) ले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको गलत एबं अपराधिक गतिबिधिबारे अन्तरक्रिया कार्यक्रम मार्फत सचेत गराएको छ।

सचेतना कार्यक्रम अन्तर्गत संस्थाले दुई दिन ‘काठमाडौ युनिभर्सिटी हाई स्कुल’ का कक्षा ८, ९ र १० का विद्यार्थीहरुको लागी सचेतना कार्यक्रम संचालन गरेको छ।

सचेतना कार्यक्रम संचालकले भने,”आजको निर्वाचनमा देखा परेका गलत क्रियाकलापलाई नियमन गर्न र अर्को चुनावमा यस्तो गतिविधि हुन नदिन भोलिका मतदातालाई हामीले आज देखि नै सचेत बनाउन कोसिस मात्र गरेका हौ। हामी देश भरका विभिन्न शैक्षिक संस्थामा गएर सचेतना कार्यक्रम सन्चालन गर्ने छौँ।”