नवलपरासी पश्चिम जिल्ला अदालतमा गोली चल्यो


नवलपरासी पश्चिम जिल्ला अदालतमा गोली चल्यो

काठमाडौँ- नवलपरासी पश्चिम जिल्ला अदालत परिसरमा सोमबार दिउँसो साढे ३ बजे गोली चलेको छ। 

अदालत परिसरमा एक व्यक्तिले गोली चलाएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराज कँडेलले जानकारी दिएका छन्।  

सरावल गाउँपालिका-४ मंगलापुर बस्ने ३० वर्षीया रोशनी यादव र ३० वर्षीय हंशराज यादवबीच जग्गा विवाद थियो।

उनीहरूको विवादबारे छलफल गर्न अदालत बोलाएकोमा हंशराज यादवले गोली चलाएको प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए। घटनाबारे खबर पाएपछि प्रहरी उपरीक्षक कँडेलको कमान्डमा ११ जनाको टोली खटिएको छ। यादव अझै फरार छन्। 

गोलीले चलाउदा कुनै क्षति नभएको जनाएको छ भने प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।