नेपाल प्रहरीका पाँच डिआइजीको बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय


नेपाल प्रहरीका पाँच डिआइजीको बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं- सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई  प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई गृह मन्त्रालयको बढुवा समितिको सिफारिसमा एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। 

सरकारले डीआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहोनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गरेको हो।

जेठ ९ गते बसेको बढुवा समितिको बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।