अछाममा मृत भेटिएका किशोर बिनोद शाहीको घटनाले उग्र रुप लिदै, नेकपा एमालेले जारि गर्यो प्रेस बिज्ञप्ति


अछाममा मृत भेटिएका किशोर बिनोद शाहीको घटनाले उग्र रुप लिदै, नेकपा एमालेले जारि गर्यो प्रेस बिज्ञप्ति

अछाम- अछामको पंचदेवल विनायक नगरपालिकामा १६ वर्षीय किशोर मृत अवस्थामा भेटिएसँगै विनायक क्षेत्र तनावग्रस्त बनेको छ । नगरपालिकाको वडा नम्बर ४ कालिका स्थानका १६ वर्षीय विनोद शाही मृत अवस्थामा भेटिएपछि विनायक क्षेत्र शनिवारदेखि तनावग्रस्त बनेको हो ।

जेठ १७ गते साँझदेखि बेपत्ता रहेका किशोरको शव २१ गते बिहान स्थानीय कुच्ची भिरको खोँचमा फेला परेको थियो।शव भेटिएसँगै नगरप्रमुख चलाउने सहित १८ जनाका नाममा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आफन्तहरू आन्दोलनमा छन्। किटानी जाहेरी दर्ता नहुन्जेल किशोरको शव उठाउन नदिने आफन्तको अडान छ। मृतक शाहीको कांग्रेस कार्यकर्ताले हत्या गरेको एमाले कार्यकताले आरोप लगाएका छन्। कांग्रेस नेताको नेतृत्वमा उनको हत्या गरिएको भन्दै मृतकका आफन्तले शनिवार पंचदेवल विनायक नगरपालिकाको विनायक बजारमा प्रदर्शन गर्दै चक्काजाम गरेका छन्।

किशोर मृत अवस्थामा फेला परेसँगै आन्दोलित आफन्तहरूले सोमवार विनायक बजारमा नगर प्रमुख अम्बिका चलाउने, अछामका प्रहरी प्रमुख रविराज थपलिया र निवर्तमान वडा अध्यक्ष सज्जन बहादुर शाहीको पुतला दहन गरेका छन्। किशोरको हत्यामा संलग्न रहेको भन्दै नगर प्रमुख चलाउने, निवर्तमान वडा अध्यक्ष सज्जन शाही र अपराध निम्त्याउन भूमिका खेलेको भन्दै प्रहरी प्रमुख थपलियाको पुतला दहन गरेका हुन् ।