रुपन्देही नापी कार्यालयका अमिन ३० हजार घुस रकमसहित नियन्त्रणमा


रुपन्देही नापी कार्यालयका अमिन ३० हजार घुस रकमसहित नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही नापी कार्यालयका अमिन घुस रकमसहित नियन्त्रणमा लिएकाे छ । 

नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएकाे हाे ।  बुटवल कार्यालयबाट खटिई गएको टोलीले निज अमिन टेक बहादुर रायमाझीलाई सेवाग्राहीबाट रु.३०,०००।–(तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ मा रहेको ३ नं. नापी कार्यालयको क्वाटरबाट मिति २०७९।०२।१७ गते नियन्त्रणमा लिएकाे हाे ।

साे सम्बन्धमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।