कैलालीमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला


कैलालीमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला

कैलाली। कैलालीमा श्रीमान्–श्रीमती मृत अवस्थामा  फेला परेका छन्। कैलालीको गोदावरी नगरपालिका–७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ।

श्रीमान घर बाहिर झुण्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। घटनाकाे प्रकृति हेर्दा श्रीमानले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उनका अनुसार घटनास्थलबाट एउटा खुकरी फेला परेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।