तारा एयर दुर्घटनामा परेका सबैको शव भेटियो: ब्ल्याक बक्स पनि भेटियाे


तारा एयर दुर्घटनामा परेका सबैको शव भेटियो: ब्ल्याक बक्स पनि भेटियाे

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरू सबैको शव फेला परेको छ।

१० वटा शव हिजै काठमाडौं पठाइयो । बाँकी १२ शव घटनास्थलबाट तल कोवाङ बस्तीमा झार्ने काम भरहेको छ । केहीबेरमा बाँकी शवहरु काठमाडौं पठाउछौं,’ प्रजिअ अधिकारीले बताए ।

यसै गरी  दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ ।

दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका थिए।

आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए । आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहान मात्रै फेला परेको थियो।