वृद्धभत्ता अब ६८ वर्षमै पाइने


वृद्धभत्ता अब ६८ वर्षमै पाइने

सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । यो व्यवस्था आगामी साउनबाट लागू हुनेछ ।