जनताको एकीकृत शक्ति पार्टीले शङ्ख फुकेर गणतन्त्र अन्त्यको घोषणा


जनताको एकीकृत शक्ति पार्टीले शङ्ख फुकेर गणतन्त्र अन्त्यको घोषणा

काठमाडौँ- गणतन्त्र दिवस कै दिन जनताको एकीकृत शक्ति पार्टीले आज गणतन्त्रको विधिवत अन्त्य भएको घोषणा गरेको छ ।

उक्त पार्टीले काठमाडौंको लैनचौरस्थित् नाराहिटी दरबार संग्रहालयको गेट अगाडी भेला गर्दै  शङ्ख फुकेर गणतन्त्रको विधिवत अन्त्य भएको घोषणा गरेका हुन् । 

पार्टीका कार्यकर्ताहरुले ‘जेष्ठ १५ धोका हो, धोका दिने को को हो ?, देशभक्त नेपाली एक हौ ।, देश बचाउन उठौं ।, धर्म संस्कृति परम्परा बचाऔ धर्म निरपेक्ष बादीहरुलाई भगाऔ ।’ जस्ता प्लेकार्ड बोकेका थिए । केहीले शङ्ख फुकेका थिए । मौलिक धर्म-संस्कृति बिरुद्ध लाग्नेहरुलाई खबरदारी गर्दै गणतन्त्र बिरुद्ध एक भई अगाडी बढ्नुपर्ने आह्वान गरिएको छ ।