प्रत्येक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण


प्रत्येक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण

नेपालको जनसंख्या २ करोड ९१ लाखका आधारमा एक जना नेपालीको भागमा ऋणको भार ६३ हजार ३ सय १० रूपैयाँ पर्न आउँछ।

अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ ।

आर्थिक सर्वेक्षणअनुसार १८ खर्ब ४८ अर्बमध्ये ८ खर्ब ६३ अर्ब आन्तरिक ऋण हो भने ९ खर्ब ८४ अर्ब बाह्य ऋण हो।