कालो गुफामा पसे (कविता) /शार्दूलविक्रीडित छन्द/


कालो गुफामा पसे (कविता) /शार्दूलविक्रीडित छन्द/

मेरो यो मतले जितेर किन खै सञ्जाल सारा भरी ।
घुम्दै छौं घरमा बिचार नगरी आफन्त नाता छरी।।
देख्दा लाज भयो लुकौं म कसरी छोपेर आँखा बसे।
लागे आज विमानको सफरमा कालो गुफामा पसे।।

कस्ता शासक देख्छु यो मुलुकमा लोभी र पापी हरे।
 मेरो यो मत मूल्यहीन किन भो आश्चर्य आफैँ परे ।।
आशा भाव कसे बसे जतनले तातो खरानी घसे ।
लागे आज विमानको सयरमा कालो गुफामा पसे।।

देख्दा पाण्डव भाइ झैँ छ शकुनी मोदी चुँडायौ किन।
 प्रेमालाप गरेर बोल्छ अब को सामन्त आफै चिन।।
आशादार मुना झरे बगरमा चीत्कार नौला कसे ।
लागे आज विमानको सयरमा कालो गुफामा पसे।।

 घृणा लाग्दछ पिप्पिका प्रियरणी दुर्गन्ध नौलो छरी।
चारैतर्फ निराश यो मुलुकमा बस्दैछु एक्लै डरी ।।
ज्वाली छैन र अन्धकारमय यो यी स्वप्न सारा खसे।
लागे आज विमानको सयरमा कालो गुफामा पसे ।।

माछा बन्छ र तादुरी भन सखे के फूल काँडा बने ।
आफ्ना चिन्दछु लौ चिने हृदयले सौ कोश टाढा बने।।
चिल्ला भाषण रोप्छु बाग मनमा नारा अनेकौँ घसे ।
लागे आज विमानको सयरमा कालो गुफामा पसे ।।

प्राप्त्याशा मनमा भयो र जनता प्राकार आफै बनी ।
 दाताको मतदानले दिनदिनै नेता बनेका धनी ।।
कैयौं दीन,गरीब देख्छु जनता भोका र नाङ्गा बसे ।
लागे आज विमानको सयरमा कालो गुफामा पसे।।

यस्ता मानवको बयान कसरी गर्छौ तिमी नै भन ।
निष्ठा बेच्छ सधैं मिले पद सबै लौ तोद आफै गन।।
अर्काको धन खान वा मन चुँडी नारा अनेकौँ घसे ।
लागे आज विमानको सयरमा कालो गुफामा पसे।।


 / शार्दूलविक्रीडित छन्द /


हेमराज पन्त
पाटन २ सिलंगा,
बैतडी
हाल:- पहलमानपुर, कैलाली