पश्चिम सेतीको जलविद्युत आयोजनाको लागि भारतीय टिम नेपालमा


पश्चिम सेतीको जलविद्युत आयोजनाको लागि भारतीय टिम नेपालमा

काठमाडौँ – भारतीय सरकारी निकाय राष्ट्रिय जलविद्युत निगम (एनएचपिसी)का अध्यक्ष अभयकुमार सिंह सहितको टोली नेपाल आइपुगेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेतीको स्थलगत भ्रमणका लागि आग्रह गरेका थिए। 

सोही आग्रहबमोजिम एनएचपिसीका अध्यक्ष सिंह सहितको टोली काठमाडौँ आइपुगेको हो। यद्यपि मोदीको लुम्बिनी भ्रमणभन्दा चार दिनअगाडि नै एनएचपिसीले नेपाल सरकारलाई एक पत्र लेखी स्थलगत अवलोकनका लागि अनुमति मागेको थियो। एक अर्बभन्दा बढी डलर लागतको पश्चिम सेती परियोजना ७ सय मेगावाटको छ।

उक्त परियोजना अन्तर्गत  बैतडी, बझाङ, डडेल्धुरा र डोटीका दुई हजार चार सय २१ घरधुरीका १८ हजार २ सय ६९ जना विस्थापित हुनेछन् ।