तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा आगलागी


तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा आगलागी

रुपन्देही- आयल निगममा ट्यांकरबाट डिपोमा तेल खन्याउने क्रममा दुइटा  ट्यांकरमा अचानक आगलागी भएको हो। रुपन्देही जिल्लाको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा २ ट्यांकरमा तेल खन्याउने क्रममा आगलागी भएको हो ।

ईलाका प्रहरी कार्यालय मंगलापुर अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा बिहान ११:४० मा लागेको आगो ११:५५ मा नियन्त्रणमा आए पनि एउटा ट्यांकर पूर्ण रूपमा क्षति भएको छ।

प्रहरीका अनुसार लु २ ख २६५६ नम्बरको ट्यांकरमा पूर्ण रूपमा क्षति भएको छ। त्यसैगरी आगलागीमा परी ट्यांकरका एक जना हेल्पर घाइते भएका छन्।

प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीका अनुसार तिलोत्तमा ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएका छन्। उनको हात र खुट्टामा जलेर घाइते भएको डाँगीले जानकारी दिए। हाल तिलोत्तमा, भलवारी र सिद्धार्थनगरपालिकाको दमकलले आगो नियन्त्रण लिएको हो ।