राहदानी विभाग सार्वजनिक बिदाको दिन आइतबार समेत खुल्ने


राहदानी विभाग सार्वजनिक बिदाको दिन आइतबार समेत खुल्ने

परराष्ट्र मन्त्रालयको राहदानी विभागले आइतबार पनि सेवा दिने भएको छ । विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार  विभागले बुधबार सो निर्णय गरेको हो ।

१५ जेठदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभाग खुल्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो ।