ललितपुर महानगरमा चिरिबाबु महर्जन पुनः मेयरमा निर्वाचित


लेखक : लेखापढी      ११ जेष्ठ २०७९, बुधबार ०३:४६ मा प्रकाशित     
ललितपुर महानगरमा चिरिबाबु महर्जन पुनः मेयरमा निर्वाचित

ललितपुर। ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु मर्जन निर्वाचित भएका छन् । महर्जन ४२ हजार ७ सय २२ मतका साथ निर्वाचित भएका हुन् । 

नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५ सय ६० मत प्राप्त गरेर प्रमुखमा पराजित भएका छ्न । 

यस्तै उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य निर्वाचित भएकी छिन् । उनले २५ हजार ८४ मत प्राप्त गरि निर्वाचित भएकी हुन् भने उनका निकर्तम प्रतिद्वन्दी नेकपा माओबादी केन्द्रका बाबुराज बज्राचार्यले १८ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए ।