भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन् ।
चितवनको भरतपुर महानगरपालिमा मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन ।
सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल १२ हजार ४ सय ४९ मतान्तरले विजयी भएकी हुन् । प्राप्त विवरणअनुसार दाहालले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए । यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् ।
यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् । एमाले र राप्रपाकी साझा उम्मेदवार गुरुङलाई ३० हजार १९१ मत मात्र आएको छ ।