पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरि लिटरमै १० रुपैयाँ, ग्यासमा २०० बढ्यो


लेखक : लेखापढी      ९ जेष्ठ २०७९, सोमबार ०३:३९ मा प्रकाशित     
पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरि लिटरमै १० रुपैयाँ, ग्यासमा २०० बढ्यो

काठमाडौँ- नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । 

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैया बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने बिज्ञप्तिमा जनाइएको छ ।