विजय उत्सव मनाउन सप्तरीको रुपनी गाउँपालिकामा सार्वजनिक बिदा


विजय उत्सव मनाउन सप्तरीको रुपनी गाउँपालिकामा सार्वजनिक बिदा

सप्तरी : नवनिर्वाचित जनप्रतिनिधिहरूको विजय उत्सव मनाउन सोमबार सप्तरीको रुपनी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दकुमार चौधरीले सोमबार सूचना प्रकाशित गर्दै नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशअनुसार सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहररूमा सार्वजनिक बिदा दिइएको’ उल्लेख छ ।