पाँच डिआइजी एआईजी बढुवाका लागि सिफारिस


पाँच डिआइजी एआईजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

सिफारिस हुनेहरूमा डिआइजी उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह छन् ।

गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।