कञ्चनपुरको शुल्लाफाँटा मेयरमा एमालेका महरा, उपप्रमुखमा कांग्रेसकी पन्त निर्वाचित


कञ्चनपुरको शुल्लाफाँटा मेयरमा एमालेका महरा, उपप्रमुखमा कांग्रेसकी पन्त निर्वाचित

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका मेयरमा रण बहादुर महरा विजयी भएका छन । नेकपा एमालेबाट उम्मेदवार बनेका महरा मेयरमा निर्वाचित भएका छन । 

त्यस्तै शुक्लाफाँटा नगरपालिका उप मेयरमा कल्पना कुमारी जोशी पन्त विजयी भएकि छन । नेपाली कांग्रेस पार्टीबाट उप मेयर उम्मेदवार बनेकी पन्त निर्वाचित भएकि छन । निर्वाचन कार्यलयले केहि समयमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । 

प्रतिस्पर्धी नेपाली कांग्रेसका चिन्तामणि भट्ट र नेकपा माओवादीका नवराज ऐरलाई पराजित गर्दै महरा मेयरमा निर्वाचित भएका हुन् । महराले ६ हजार ७७३ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका भट्टले ६ हजार २६४ र माओवादीका ऐरले ५ हजार २२५ प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसकी कल्पना पन्त निर्वाचित भएकी छन् । उनले ६ हजार ५१९ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ५ हजार ३६० र एमालेकी मोनिका भट्टले ५ हजार २३६ मत प्राप्त गरिन् ।

मेयर रण बहादुर महराले शुक्लाफाँटा नगरपालिका देशकै नमुना नगर बनाउने घोषणा गरेका छन ‌। महराले शुक्लाफाँटा नगरपालिका सबै वार्डमा आधुनिक कृर्षी प्रणाली लागु गर्ने र कृर्षी पेसाबाट जनतालाइ आत्मानिर्भर र सम्वृद्ध नगर बनाउने बताएका छन ।