कैलाली लम्की चुहाको मेयरमा कांग्रेसकी शुशिला शाही, उपमेयरमा एमालेकी जुना चौधरी विजयी


लेखक : लेखापढी      ७ जेष्ठ २०७९, शनिबार ०३:४४ मा प्रकाशित     
कैलाली लम्की चुहाको मेयरमा कांग्रेसकी शुशिला शाही, उपमेयरमा एमालेकी जुना चौधरी विजयी

कैलाली- कैलाली लम्की चुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी शुशिला शाही विजयी भएकी छन् ।

उनी १२ हजार ७१३ मत ल्याएर प्रमुखमा निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन् । उनले ११ हजार ७८ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी जानकी कुमारी शाहीले ८ हजार ३०८ मत ल्याएकी छन् ।