धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले फराकिलो पारे मतान्तर


धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले फराकिलो पारे मतान्तर

धरान। धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

उनले दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका किशोर राईसँगको मतान्तर फराकिलो पार्दै लगेका हुन्।

शनिबार साँझसम्म गणना भएको ५० हजार १ सय ९ मतमध्ये साम्पाङले १६ हजार २६ मत पाएका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राईले १३ हजार १८२ मत पाएका छन्।

निवर्तमान उपमेयरसमेत रहेकी एमालेकी मन्जु भण्डारीले १० हजार ६२२ मत ल्याएकी छन्।