म्यादी प्रहरीहरुमाथि असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको आरोपमा प्रदर्शन


लेखक : लेखापढी      ७ जेष्ठ २०७९, शनिबार ०४:१७ मा प्रकाशित     
म्यादी प्रहरीहरुमाथि असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको आरोपमा प्रदर्शन

बारा- म्यादी प्रहरीहरु आफुमाथि अभद्र ब्यबहार भएको भन्दै आन्दोलित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक असईले अभद्र व्यवहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको म्यादी प्रहरीहरुको आरोप छ ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय बारा अगाडिको सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । आक्रोशित म्यादी प्रहरीको भिडले जिल्ला प्रहरी कार्यालय परिसरमा ढुंगामुढा समेत गरेका छन् ।