एएफसी एसियन कप छनोटका लागि फुटबल टिम घोषणा: विवादमा परेका खेलाडी समेटिएनन्


एएफसी एसियन कप छनोटका लागि फुटबल टिम घोषणा: विवादमा परेका  खेलाडी समेटिएनन्

 एएफसी एसियन कप छनोटका लागि नेपालले राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका हुन ।

अल्मुताइरीले शुक्रबार विवादमा परेका खेलाडीलाई बाहिर राखेर ठूला प्रतियोगिता खेल्ने टिम घोषणा गरेका छन् । मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । 

प्रशिक्षण छाड्नेमा रोहित चन्द, विमल घर्तिमगर, सुजल श्रेष्ठ, अन्जन बिष्ट, विशाल राई लगायत रहेका छन् ।

नेपाली टोली

फरवार्डः आयुश घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ ।
डिफेण्डरः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल
मिडफिल्डरः आकाश बुढामगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपर्कोटी, रोशन रानामगर, सन्तोष तामाङ, शेशेहाङ आङदेम्बे, सुनील वल र सुरज ज्यू ठकुरी
गोलरक्षकः दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा