आठजनालाई नइ बाल पुरस्कार


आठजनालाई नइ बाल पुरस्कार

काठमाडाैं । नइ प्रकाशनले १५ वर्ष ननाघेका आठजना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने जनाएको छ । नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । 

त्यसैगरी, साहित्यतर्फ विभूति अधिकारी, चित्रकलातर्फ रिकिस्ना डङ्गोल, सङ्गीततर्फ सन्देश पौडेल, नृत्यतर्फ रशु पन्त र खेलकुदतर्फ नयना शाक्यलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिने भएको छ । 

ताम्रपत्रका साथ यी सबै पुरस्कारका राशि जनही १० हजार रुपियाँका छन् । नइ प्रकाशनले १० वर्षीय सिचु मानन्धर र नासिका ठकुरीलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ समर्पण गर्ने भएको छ । 

ताम्रपत्रका साथ ‘नइ कोपिला पुरस्कार’ को राशि जनही सात हजार पाँच सय रुपियाँको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बुधबार बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेकाे जानकारी सदस्यसचिव नरेन्द्रराज प्रसाईले प्रकाशित गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।