सरकारी शिक्षक कर्मचारीकाे पोशाक परिवर्तन


लेखक : लेखापढी      ६ जेष्ठ २०७९, शुक्रबार १७:०१ मा प्रकाशित     
सरकारी शिक्षक कर्मचारीकाे पोशाक परिवर्तन

काठमाडाै । सरकारी विद्यालयका शिक्षकको पोशाक परिवर्तन भएको छ। शुक्रबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले  शिक्षा विकास तथा समन्वय इकाई र सबै स्थानीय तहलाई पत्र लेख्दै पोशाक परिवर्तन भएको जानकारी गराएको हो। 

केन्द्रले तोकिए अनुसारको पोसाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ ।

अब गाढा खैरो रङको सुट (कोट, पेन्ट्स) महिला\पुरुष शिक्षक कर्मचारीले लगाउनुपर्ने छ भने हल्का निलो रङको शर्ट (कमिज), मौसम अनुसार गाढा खैरो रङको ज्याकेट, कलेजी स्वेटर र कालो जुत्ता पोशाकको रुपमा लगाउनुपर्नेछ। साडी ब्लाउज कुर्था सुरुवालमा भने परिवर्तन नगरेको केन्द्रले जनाएको छ ।

पोसाकको नमुना शिक्षक महासङ्घबाट प्राप्त गर्न सकिने छ ।

शिक्षक महासङ्घको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोसाक परिवर्तन गरिएको केन्द्रका निर्देशक गणेश प्रसाद पौडेलले बताए ।