युगान्डासँग नेपाल लगातार तेस्रो खेलमा पनि पराजित


लेखक : लेखापढी      ५ जेष्ठ २०७९, बिहीबार १७:३३ मा प्रकाशित     
युगान्डासँग नेपाल लगातार तेस्रो खेलमा पनि पराजित

पहिलाे पटक घरेलु मैदानमा टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेकाे नेपाली महिला टाेलीले युगान्डासँग लगातार तेश्राे हार बेहाेरेकाे छ ।  युगान्डाले तेस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपाली महिला टोलीलाई ६ विकेटले पराजित गरी शृंखला ३–० ले जितेको छ ।

पहिलो दुई खेल हारेर नेपाल ५ खेलको शृंखलामा पछाडि परिसकेको थियो । यस हारपछि युगान्डाले पाँच खेलको श्रृङ्खला दुई खेलअघि नै  आफ्नो पक्षमा पारेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ९९ रन बनाएकाे थियाे ।   तर युगान्डाले १ सय रनको लक्ष्य १८.२ ओभरमा १ सय १ रन बनायो ।