बाराको फेटा गाउँपालिकामा विवेकशील साझाले जित्यो अध्यक्ष र उपाध्यक्ष


लेखक : लेखापढी      ५ जेष्ठ २०७९, बिहीबार २२:०९ मा प्रकाशित     
बाराको फेटा गाउँपालिकामा विवेकशील साझाले जित्यो अध्यक्ष र उपाध्यक्ष

वीरगञ्ज – विवेकशील साझा पार्टी बाराको फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएको छ।

अध्यक्षमा रुस्तम अन्सारी र उपाध्यक्षमा बसरा खातुन विजयी भएका हुन्।

अन्सारीले ४४८५ मत ल्याएका छन्। उनले नेकपा एमालेका आमिरीलाल प्रसादलाई २ हजार ८६ मतान्तरले पराजित गरे। 

गाउँपालिकाको उपाध्यक्षमा पनि विवेकशील साझा पार्टीकी निलम साह विजयी भएकी छन्। उनी ३ हजार ५७० मत ल्याएर उपाध्यक्षमा निर्वाचित भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी कमरुन खातुनले २ हजार ३३३ मत प्राप्त गरिन्।