कैलालीको भजनीमा पनि रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीले जित्यो मेयर उपमेयर


लेखक : लेखापढी      ५ जेष्ठ २०७९, बिहीबार १४:३७ मा प्रकाशित     
कैलालीको भजनीमा पनि रेशम चाैधरीकाे  नागरिक उन्मुक्ति पार्टीले जित्यो मेयर उपमेयर

कैलाली । कैलालीको भजनी नगरपालिकामा रेशम चाैधरीकाे नागरिक उन्मुक्ति पार्टीले मेयर र उपमेयरमा विजय हासिल गरेकाे छ । 

नागरिक उन्मुक्ति पार्टीबाट केवल चौधरीले प्रमुख र उपप्रमुखमा राजु तिरुवा विजयी भएका हुन् । उनीहरुले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई हराएका हुन् ।

निवर्तमान नगरप्रमुख तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीलाई तीन हजारभन्दा बढी मतान्तरले पराजित गर्दै नागरिक उन्मुक्तिका उम्मेदवार केवल चौधरी विजयी भएका हुन्।

यसैगरी, उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोकेन्द्र भण्डारीलाई दुई हजार ४०० मतले पछि पार्दै नागरिक उन्मुक्तिकै राजु तिरुवा विजयी भएकी छन्।

प्रमुख, उपप्रमुख जितेको नागरिक उन्मुक्तिले ३ वडाध्यक्ष, माओवादी केन्द्रले ३ वडाध्यक्ष, नेकपा एमालेले २ वडाध्यक्ष र कांग्रेसले १ वडाध्यक्ष जितेको छ।