बझाङ । बझाङको सुर्मा गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । गाउँपालिकाकाे अध्यक्षमा खडक बोहरा विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसकै रमलाकुमारी मन्डेल पुजारा विजयी भएकी छिन्।
गाउँपालिकाकाे अध्यक्षमा खडक बोहरा नेकपा एमालेका दिपक बोहरालाई ४९७ मतले पछि पार्दै विजयी भएका हुन्। उपाध्यक्ष बाेहरा एमालेकी माता बोहरालाई १०६ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।