सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेलाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीले मेयरमा खाता खोलेको छ। कैलालीको घोडाघोडी नगरपालिकाबाट एकीकृत समाजवादी निर्वाचित भएकाे हाे ।
गठबन्धनका तर्फबाट नगरप्रमुखमा नेकपा (एकीकृत समाजबादी) का नेता खडक रावत र उपप्रमुखमा नेपाली कांग्रेसकी गुलिया कुमारी चौधरी विजयी भएका छन् ।
नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन् । रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए ।
यसै गरी उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन् । उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन्। चौधरीले १२ हार २७० मत पाएर विजयी हु्ँदा बटलाले ६ हजार ९६३ मत पाइन्।
२०७४ को चुनावमा मेयर जितेका चौधरी यसपटक भने पराजित भएका हुन् ।