कैलालीमा रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी’ले जित्याे मेयर


कैलालीमा रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी’ले जित्याे मेयर

कैलालीको टीकापुर नगरपालिकाको मेयर नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु विजयी भएका छन् । उनले आफ्ना  निकटतम प्रतिस्पर्धी कांग्रेसका नवराज रावललाई तीन हजार मत अन्तरले पराजित गरेका हुन् ।

मेयरको उम्मेदवार रहेका रामलाल डगौरा थारु ९ हजार ६४२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका नवराज रावल ६ हजार ६४२ मत ल्याएर पराजित बने ।

उपमेयरमा भने गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका खडक शाहले जितेका छन्।

जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा केही महिनाअघि दर्ता भएको उक्त पार्टीले स्थानीय तह चुनावमा पहिलो जित हात पारेको हो।  उक्त पार्टीले स्थानीय तहको निर्वाचनका माध्यमबाट टिकापुरसहित वरपरका जानकी, जोशीपुर र भजनी नगरपालिकाको स्थानीय निर्वाचनमा प्रभाव देखाएको छ ।

उन्मुक्ति पार्टीले टीकापुरमा मेयरसहित वडा नम्बर ४ र ५ मा वडाध्यक्ष जितेको छ।