कञ्चनपुरको वेदकोट नगरपालिकामा मेयर र उपमेयरमा काँग्रेस विजयी


कञ्चनपुरको वेदकोट नगरपालिकामा मेयर र उपमेयरमा काँग्रेस विजयी

कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। 

एमालेको गढ मानिएको कञ्चनपुरको वेदकोट नगरपालिकामा  ०७४ सालमा एउटा वडामा मात्र सीमित भएको कांग्रेस यसपटक मेयर उपमेयरसहित ५ वडामा विजयी भएको हो ।

मेयरमा कांग्रेसका भोजराज बोहरा ८ हजार ७८ मत पाएर निर्वाचित भएका हुन् भने उनका प्रतिद्वन्दी  एमालेकी सुशिला सिंहले ४ हजार ७ सय ४० मत प्राप्त गरिन्। माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका समाजवादीका रामचन्द्र रेग्मीले ३८९८ र राप्रपाका बमबहादुर बमले १७५१ मत पाए ।

उपमेयरमा पनि कांग्रेसकै तुलशी जोशी विजयी भएकी छिन् । उनले ७२५४ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५७२७ मत र गठबन्धनबाट माओवादीकी हिरा जैशीले ३६५२ मत प्राप्त गरिन् । २०७४ सालको निर्वाचनमा बोहरा र जोशी एमालेका अशोक चन्द र सुशीला सिंहसँग पराजित भएका थिए ।