म्यादी प्रहरीमा भाईरल चर्चित ढाका मोहन: बहुप्रतीभाशाली युवा (निपेश ढाका काे हुन ?)


म्यादी प्रहरीमा भाईरल चर्चित ढाका मोहन: बहुप्रतीभाशाली युवा (निपेश ढाका काे हुन ?)

स्थानीय चुनाबलाई सहज र शान्तिपूर्ण ढंगले सफल पार्न सरकारले भर्ना गर्ने म्यादी प्रहरीमा करिब एक लाख नेपाली युवाहरुले कार्य गर्ने अवसर पाए । यसै कर्ममा केहि दिन यता एक युवा खुब चर्चामा रहेका छन् ।

निपेश “ग्रीनरी नेपाल” नामक संस्थाका डाइरेक्टर साथै वाताबरण संरक्षणको क्षेत्रमा कार्य गर्ने संस्था SEEM Nepal का संस्थापक समेत हुन् । 

म्यादी प्रहरीमा भर्ना भई स्थानीय चुनाब सम्पन्न गर्न खटिने ति युवा हुन “ढाका  मोहन अधिकारि” । उहाँको अर्को परिचय रहेको छनिपेश ढाकानिपेश “ग्रीनरी नेपाल” नामक डाइरेक्टर साथै वाताबरण संरक्षणको क्षेत्रमा कार्य गर्ने संस्था SEEM Nepal का संस्थापक समेत हुन् । 

ढाका मोहन अधिकारि अर्थात् निपेस ढाका म्यादी प्रहरी हुदा चर्चामा रहनुको मुख्य कारण हो उहाँको बहुप्रतिभाशाली व्यक्तित्त्व । वि.सं २०३८ सालमा माछापुछ्रे गाउपालिका, कास्कीमा जन्मनु भएका ढाका मोहन अधिकारी वि.सं २०५६ सालमा पोखराकै एक एफ एममा कार्यक्रमा चलाउदा राखेको नाम “निपेस ढाका” नाम राखेका थिए जुन नाम अहिले चर्चामा रहेको छ । 

म्यादी प्रहरीमा उहाँले अझ बढि ज्ञान र नेपाल प्रहरी संगठन भित्रको अनुशासन, सामुहिक कार्य गर्ने शैली सिक्न आबद्ध भएको बताएका छन् ।

म्यादी प्रहरीमा ढाका मोहन पैसा कमाउन वा बेरोजगारी भएर आबद्ध भएका होइनन । म्यादी प्रहरीमा उहाँले अझ बढि ज्ञान र नेपाल प्रहरी संगठन भित्रको अनुशासन, सामुहिक कार्य गर्ने शैली सिक्न आबद्ध भएको बताएका छन् । म्यादी प्रहरीमा आबद्ध भएर देश प्रतिको आफ्नो जिम्मेवारी पुरा गर्ने साथै त्यस बाफत आएको चालिस हजार रुपैया चेपांग बालबालिकाहरुको लागि सदुपयोग गर्ने समेत बताएका छन् ।

सबै नेपालीले आफ्ना छोरा-छोरीलाई म्यादी प्रहरीमा भर्ना गरेर अनुशासन, संगठानिक कार्यशैली सिकाउन सबै भन्दा उत्तम अवसर हो भनेका छन् । म्यादी प्रहरीमा समाबेश भएर गरिने अभ्यास हाम्रो जिवनशैलिको लागि अति नै आबश्यक रहेको समेत बताएका छन् । जिम्मेवारी बहन गर्ने क्षमताको विकास हुने ब्याक्तीत्व बिकासमा धेरै सहयोग पुग्ने बताए ।

हाल सम्म १८ देश भ्रमण गरिसकेका निपेशले २ बिषयमा स्नाकोत्तर गर्नु भएको छ । उहाँले जर्मनीको म्युनिक युनिभर्सिटी बाट एम.एस.सी‍. उत्तीर्ण गर्नु भएको छ भने त्रिभुवन बिश्वबिधालयबाट गणित बिषयमा स्नातकोत्तर गरिसक्नु भएको छ । अहिले उहाँ एम. फिल गर्दै हुनुहुन्छ। 

बिगत लामो समयदेखि पर्यावरण संरक्षणको क्षेत्रमा लाग्नु भएको छ । शुन्य प्लास्टिक हरियाली अभियानमा सक्रिय भएर धेरै नगरपालिकाहरूलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गर्दै आउनु भएको छ । तिलोत्तमा व्यास नगरपालिकामा शुन्य प्लास्टिक कार्यक्रम लागु संगै अन्य धेरै नगरहरुका लागु हुने क्रम जारि रहेको छ । जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिकमा पूर्ण छात्रवृत्तिमा ‘इन्भाइरमेन्टल साइन्स’मा २०६९ मा जर्मनीबाट एम.एस.सीको पढाई सकेर उनी नेपाल फर्किए । त्यसलगत्तै नेपालको मानव सभ्यता र पर्यावरणमा पार्ने प्रभावबारे अध्ययन गर्न थालेका थिए ।

बहुप्रतिभावान निपेश ढाका  नेपालका ६७ जिल्ला पुगेर वातावरण प्रदुषणसम्बन्धी ८० मिनेटकोमिलानकोली डकुमेन्ट्री तयार पारेका थिए । उक्त डकुमेन्ट्रीमा एउटा गीत पनि समाबेश गरिएको छ ।

वातावरणका विविघ पाटोहरु जल, जमिन, जंगल सबैलाई संरक्षण गरौं भन्ने सन्देशका साथ युट्युबमा सार्वजनिक भएको ‘मिलानकोली’ नामक वातावरणीय गीतले नेपालसँगै विश्वको ध्यान आकृष्ट गर्न सफल भएको थियो । अभियन्ता निपेश ढाकाको अग्रसरतामा भएको यस कार्यले देशका विभिन्न स्थानमा प्रशसा पाइरहेको छ । ३६५ जना संगीतकर्मीहरुको स्वर रहेको उक्त गीत तत्कालिन प्रधानमन्त्री के.पी. शर्मा ओलीले उद्घाटन गरेपश्चात वि.सं २०७३ जेठ ६ गते बिहिबार बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्मको समय लगाएर रेडियो नेपालको स्टुडियोमा रेकर्डिङ गरिएको थियो ।

वि.सं २०७४ भदौ १७ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले मिलानकोली एल्बमलाई सार्वजनिक गरेकी थिइन् । वि.सं २०७४ माघ १८ गते गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता भएको उक्त गीतमा संलग्न गीतका कलाकारहरुलाई तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा वि.सं २०७५ असोज २५ गते बिहिबार कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिधालयको क्रिकेट ग्राउन्डमा प्रमाणपत्र बितरण गरिएको थियो ।३३ मिनेट ४९ सेकेन्ड लामो यस गीत ‘गिनिज बुक अफ व‌र्ल्ड रेकर्डस्’ मा नाम लेखाउन सफल गीत हो । यसले वातावरण सम्बन्धि चासो राख्न विश्वका धेरैको ध्यान आकृष्ट सफल भएको छ । साथै उहाँ वर्ल्ड बुक अफ द  रेकर्डमा समेत नाम लेखाउन सफल व्यक्तित्व हुनुहुन्छ ।

ढाकाले निर्माण गरेको सामग्री प्रदर्शन गर्न फ्रान्स, जर्मनी, नर्वे, डेनमार्क तथा बेल्जियमलगायतका देश पुग्दा ‘ग्लोबल वार्मिङ’ बारे उनले बृहत रुपमा अध्ययन गर्ने मौका पाएका थिए । बिगत ५ बर्ष यता चेपांग बालबालिका हेरचाहमा सक्रिय रुपमा लागेका छन् । 

उनीसँग नेपाललाई पनि पूर्ण रूपमा प्लास्टिकमुक्त देश बनाउने भिजन छ । ‘सरकारले चाहेमा म नेपाललाई तीन महिना र काठमाडौं उपत्यकालाई प्लास्टिकमुक्त बनाउन सकिन्छ,’ उनी दावी गर्छन् । मानिसमा चेतनाको विकास गर्ने र नेतृत्व वर्गले बुझन सके देशलाई पोलोथिनमुक्त बनाउन गाह्रो नभएको उनको भनाइ छ । चेतनाको विकास गर्न सके सबै कुरा सम्भव रहेको उनको बुझाइ छ । उनको अभियानपछि तिलोत्तमावासीले प्लास्टिकको सट्टा जुटको झोला र अन्य फाइवरको झोलाहरू प्रयोग गर्न थालेका छन् । 

‘विश्वका सबै देशहरूमा प्लास्टिकको प्रयोग धेरै छ । तर तिनीहरूले प्रयोग गरेपछि त्यसलाई सही व्यवस्थापन गरेका छन् । हाम्रोमा त्यो छैन, कि पुन प्रयोग गर्नुपर्छ, नत्र फोहोरको रूपमा संकलन गर्नुपर्छ । त्यसलाई सही व्यवस्थापन गर्नुपर्छ ।’ भन्ने कुरामा ढाकाको जोड रहेको छ ।

हेर्नुहोस् गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता भएको गीतः

MELANCHOLY SONG || OFFICIAL || Guinness World Records || 365 NEPALESE SINGERS || Nipesh DHAKA


lekhapadhi.com