सिके राउतको नेतृत्वको जनमत पार्टीले पहिलो नगरपालिका जित्यो, मेयरमा माझी निर्वाचित


सिके राउतको नेतृत्वको जनमत पार्टीले पहिलो नगरपालिका जित्यो, मेयरमा माझी निर्वाचित

सिके राउत नेतृत्वको जनमत पार्टीले पहिलो नगरपालिका जितेको छ । सप्तरीको कंकालिनी नगरपालिकाको नगरप्रमुखमा जनमत पार्टीका विरेन्द्र माझी विजयी भएका छन् ।  उनले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार शैलेश साहलाई हराउँदै जितेका हुन् ।

जनमत पार्टीका वीरेन्द्र माझीले  ६ हजार ४०७ मत प्राप्त गरेर मेयरमा निर्वाचित भएका हुन् । ।जनता समाजवादी पार्टी (जसपा) का शैलेशकुमार  साहले ६ हजार २४६ मत पाएका  थिए । माझि १६१ भोटले निर्वाचित भएका हुन्।

नगरपालिकाका १० मध्ये केही वटा वडामात्र जितेको जनमत पार्टीले नगर प्रमुखमा जित हासिल गर्नु, सोही पार्टीबाट उपप्रमुखमा हार्नु भने आफैमा अनौठो हो ।

उपमेयर भने जसपाकी सरितादेवी यादवले जित हात पारेकी छन्। उनले ६५१२ मत ल्याएकी छन् भने जनमतकी पार्टीकी रेखादेवी मण्डलले ५९८२ मत पाएकी छन्।