कैलालीको गोदावरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


कैलालीको गोदावरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

कैलालीको गोदावरी नगरपालिकामा मेयरमा नेपाली कांग्रेस र उपमेयर पदमा नेकपा एमाले विजयी भएको छ। 

मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विरेन्द्र भट्ट निर्वाचित भएका छन्,  भने उपमेयरमा एमालेकी शारदा रोकाया निर्वाचित भएकी छन् ।

मेयरमा विजयी भट्टले १५ हजार ५०१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी एमालेका गोर्कण भट्टले ११ हजार २२४ मत मात्रै पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी शारदादेवी रोकाया विजयी भएकी छन् । उनले १० हजार ६७० मत ल्याइन् । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत ल्याइन् ।

कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो ।