भरतपुर महानगरपालिकामा १९०६ मतले रेणु दाहालकाे अग्रता


भरतपुर महानगरपालिकामा १९०६ मतले रेणु दाहालकाे अग्रता

भरतपुर । भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अनुसार अहिलेसम्म रेणु दाहालले १०७४८ मत ल्याउँदै १९०६ मतले उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग  अग्रता लिएकी छन् । 

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४८८३ मत ल्याएका छन् ।

त्यहाँ जम्मा २९४४६ मतगणना भएको छ ।