बुढानीलकण्ठमा एमाले विजयी, मेयरमा मिठाराम र उपमेयरमा लामा विजयी


बुढानीलकण्ठमा एमाले विजयी, मेयरमा मिठाराम र उपमेयरमा लामा विजयी

बुढानीलकण्ठ नगरपालिका, काठमाडौंमा नेकपा एमाले विजयी भएको छ । बुधबार सकिएको मतगणनामा मेयर एमालेका मिठाराम अधिकारी र उपमेयरमा अनिता लामा निर्वाचित भएका हुन् ।

एमालेका मिठाराम अधिकारीले १४ हजार २ सय ५० मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत ल्याए । 

उपमेयरमा निर्वाचित एमालेकी लामाले १४ हजार ३१४ मत ल्याएकी छन् भने निकटतम प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९७२ मत ल्याए ।