राप्रपाका ३५ वडाध्यक्ष निर्वाचित साथै २५० वडा सदस्यमा बिजयी (विवरण सहित)


राप्रपाका ३५ वडाध्यक्ष निर्वाचित साथै २५० वडा सदस्यमा बिजयी (विवरण सहित)

देशभरी सम्पन्न स्थानीय तहको चुनाबी मतगणना सार्बजनिक हुने क्रम जारि छ । यसैक्रममा राप्रपाले ३५ वडा साथै २५० वडा सदस्यमा बिजय प्राप्त गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।

हाल सम्म राप्रपाले जितेका वडाहरुको विवरण :  

१. कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष बिक्रम चन्द सहित प्यानल विजयी । 
२. पाँचथरको फिदिम -४ मा राप्रपाका उपेन्द्र लावती वडा अध्यक्षमा निर्वाचित ।
३. धनुषा गणेशमान चारनाथ नगरपालिकाको वडा नं २ मा राप्रपाका बेचूँ हमालकाे प्यानल विजयी ।
४. बैतडीको सुर्नया गाउँपालिका वडा नं २ मा गणेश बहादुर विष्ट प्यानल सहित विजयी । 
५. धादिङको रुबिभ्याली वडा नं ४ को वडा अध्यक्षमा प्रशान्त तामाङ र प्यानल विजयी ।
६. धादिङको रुबिभ्याली वडा नं-४ को अध्यक्षमा राप्रपाका प्रशान्त तामाङ र प्यानल विजयी ।
७. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं ५ मा अध्यक्ष केशव खत्री र प्यानल विजयी । 
८. सिद्धार्थनगर नपा ३ को वडा अध्यक्षमा नारायण प्रसाद उपाध्याय सापकोटा र प्यानल विजयी ।
९. सिद्धार्थनगर नपा कै वडा नं ४ को अध्यक्षमा मुक्तिनाथ यादव (भोला) र प्यानल विजयी ।
१०. धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं १ मा श्यामकुमार आले र प्यानल विजयी ।
११. लक्ष्मीनिया गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा तेजनारायण (हिरा) सहितको प्यानल विजयी ।
१२. भद्रपुर नगरपालिकाको वडा नं ३ को वडा अध्यक्षमा हेमबहादुर कार्की सहितको प्यानल विजयी ।
१३. दमक नगरपालिकाको वडा नं १० को वडा अध्यक्षमा राजेन्द्र भण्डारी सहितको प्यानल विजयी ।
१४. झापाको हल्दिबारी गाउँपालिकाको वडा नं १ मा देवी थापा सहितको प्यानल विजयी ।
१५. नेपालगन्ज उपमहानगरको वडा नं २ को अध्यक्षमा मनोज श्रेष्ठ सहितको प्यानल विजयी ।
१६. सर्लाहीको कौडेना गा.पा. को वडा नं ७ अध्यक्षमा कुमार यादव सहितको प्यानल विजयी ।
१७. चितवनको माडी नगरपालिका ८ को वडा अध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित ।
१८. नवलपरासीको रामग्राम-३ को वडा ध्यक्षमा उज्ज्वल न्यौपाने र प्यानल निर्वाचित ।
१९. नवलपरासीकै प्रतापपुर-३ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल निर्वाचित ।
२०. धादिङको खनियाबास वडा नं ३ को वडा अध्यक्षमा कमानसिंह तामाङ र प्यानल विजयी ।
२१. कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुङ्गनाथ चौधरीको प्यानलसहित बिजय ।
२२. सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं-१ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित ।
२३. रुपन्देहीको रोहिणी गाउँपालिकाको वार्ड न.१ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान)को प्यानल निर्वाचित ।
२४. चितवनको माडी नगरपालिका  वडा न.१ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित ।
२५. सिद्धार्थनगर नगरपालिका वडा नं. २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव लगायत प्यानलसहित निर्वाचित
२६. नवलपरासी, रामग्राम १ मा राप्रपाका रुद्र प्रसाद सिंह अध्यक्ष लगायत प्यानल निर्वाचित ।
२७. डोटीको के.आई. सिंह गाऊँपालिका वार्ड न. ७ को अध्यक्षमा दिल बहादुर बलायर प्यानल सहित विजयी ।
२८. नवलपरासीको रामग्राम नगरपालिका वडा नं- ९ को वडा अध्यक्षमा राप्रपाका भोज बहादुर यादव सहितको प्यानल निर्वाचित ।
२९. पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष उमेश कार्की र प्यानल विजयी ।
३०. धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा राप्रपाको सोनाम तामाङ विजयी ।
३१. रुपहेन्दीको ओमसतिया बेलबहादुर बराल सहित प्यानल विजयी ।
३२. शंखरापुर नगरपालिकाको वडा नं ३ मा राप्रपाका सूर्य तामाङ विजयी ।
३३. नवलपरासीको प्रतापपुर-२ को वडा अध्यक्षमा रामनरेश यादव र प्यानल विजयी ।
३४. रुपन्देहीको सियारी गाउँपालिका वडा नं १ मा अध्यक्ष अरुण शाही र प्यानल विजयी ।
३५. धादिङको खनियाबास वडा नं २ मा अध्यक्ष अरुण तामाङ र प्यानल विजयी ।