प्रधानमन्त्री शेरबहादुर देउवाको भाइको निधन


प्रधानमन्त्री शेरबहादुर देउवाको भाइको निधन

 प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रातृशोक परेको छ ।

उनका सहोदर भाइ प्रेमबहादुर देउवाको ६७ वर्षको उमेरमा गए राति काठमाडौंमा उपचारका क्रममा निधन भएको छ ।

सामाजिक व्यक्तित्वका रुपमा परिचित स्वर्गीय प्रेमबहादुर देउवाका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायतले उनको पार्थिव शरीरमा कांग्रेसको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।प्रेमबहादुर देउवाको निधनमा कांग्रेसले दुःख व्यक्त गरेको छ ।