धनगढी उपमहानगरमा गोपाल हमाललाई दोब्बरभन्दा बढी मतको अग्रता


धनगढी उपमहानगरमा गोपाल हमाललाई दोब्बरभन्दा बढी मतको अग्रता

धनगढी :कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बरभन्दा धेरै मतले अग्रता बनाएका छन् ।  

यस उपमहानगरमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धनबाट निवर्तमान मेयर वड उम्मेदवार छन् ।

 मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबारसम्म १७ हजार १५९ मतगणना भएको छ। दिउसो ३ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्। उनले ७ हजार ८१६ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८७१ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९२१ मत पाएका छन् ।