स्थानीय तहकाे निर्वाचन पछि पहिलाे दिन खुलेकाे सेयर बजारमा ८४.९० अंकको गिरावट


स्थानीय तहकाे निर्वाचन पछि पहिलाे दिन खुलेकाे सेयर बजारमा ८४.९० अंकको गिरावट

स्थानीय तहकाे निर्वाचनको सार्वजनिक विदापछिको पहिलो कारोबार दिन नेप्सेमा करिब ८५ अंकको गिरावट आएको हो ।

निर्वाचन अगाडिको दुई दिन बढेको बजारमा मंगलबार भने उच्च गिरावट आएको छ । बजार घटेपछि कारोबार रकम समेत खुम्चिएको छ । 

निर्वाचन सम्पन्न भएर धमाधम नतिजा आइरहेको बेला सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा विपरीत बजारमा करिब ८५ अङ्कको गिरावट आएको हो ।